लेटेस्ट न्युज
advertisement1

सरकारले दुई चरणमा निर्वाचन हुने जिल्ला र प्रदेशको टुंगो लगायो

Maryada News 2021-02-09 11:05:24
सरकारले दुई चरणमा निर्वाचन हुने जिल्ला र प्रदेशको टुंगो लगायो

काठमाडाैं : सरकारले आगामी वैशाख १७ र २७ गते दुई चरणमा गर्ने निर्वाचन हुने जिल्ला र प्रदेशको टुंगो लगाएको छ। 

सोमबार बसेको मन्त्रिपरिषद बैठकले वैशाख १७ मा प्रदेश २, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशअन्तर्गतका ४० जिल्लामा निर्वाचन गर्ने निर्णय गरेको छ। 

त्यस्तै, वैशाख २७ गते प्रदेश १, बागमती र सुदूरपश्चिम प्रदेशअन्तर्गत ३७ जिल्लामा निर्वाचन गर्ने भनेको छ। 

प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुस ५ गते प्रतिनिधिसभा विघटन गर्दै वैशाख १७ र २७ गतेका लागि मध्यावधि निर्वाचनको मिति तोकेका थिए। तर, संसद विघटनविरुद्ध परेको मुद्दामा सर्वोच्च अदालतको संवैधानिक इजलासले टुंगो लगाएको छैन।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्