लेटेस्ट न्युज
advertisement1

भागरथी हत्या अनुसन्धान : भेजाइनल स्वाब काठमाडाैं ल्याइँदै

Maryada News 2021-02-08 13:33:19
भागरथी हत्या अनुसन्धान : भेजाइनल स्वाब काठमाडाैं ल्याइँदै

काठमाडाैं : बैतडी दोगडकादार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया किशोरी भागरथी भट्ट हत्याको घटनाबारे प्रहरीले थप अनुसन्धान बढाएको छ।  घटनाको पाँच दिन भइसक्दा पनि हत्यारा पत्ता लाग्न सकेको छैन। 

भगरथीको शव घर नजिकैको लबलेक जंगलमा माघ २२ गते बीभत्स अवस्थामा भेटिएको थियो। स्कुलबाट अबेरसम्म घर नफर्किएपछि आफन्त र छिमेकले खोजेपछि उनको शव फेला परेको हो। 

यसैबीच सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक उत्तमराज सुवेदीको नेतृत्वमा अनुसन्धान गरिरहेको छ। सुवेदीले घटनालाई गम्भीरतापूर्वक लिएर अनुसन्धान थालिएको बताए। आफू अहिले घटनास्थलमै रहेको र थप अनुसन्धान भइरहेको उनले जानकारी दिए।

स्थलगत अनुगमनका लागि मानव अधिकारको टोली पनि हिजो आइतबारै घटनास्थलमा  पुगेको थियो। यसअघि सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका वरिष्ठ उपरीक्षक जनकराज पाण्डे नेतृत्वको अनुसन्धान टोली घटनास्थल पुगेको थियो।

केन्द्रीय अनुसन्धान ब्युरोका डिएसपी पञ्चकुमार बाँखुसहित प्राविधिक टिम पनि घटनास्थलमा परिचालन भएको छ। भागरथीको शव परीक्षणअघि नै भेजाइनल स्वाब संकलन गरी प्रहरीलाई बुझाएको जिल्ला अस्पताल बैतडीका प्रमुख डा वसन्तराज जोशीले बताए। 

भागरथी सनातन धर्म माविमा कक्षा १२ मा वाणिज्य विषय अध्ययनरत थिइन्। स्कुलबाट फर्किने क्रममा गत माघ २२ उनको बलात्कारपछि हत्या भएको थियो। हत्याको विरोधमा बैतडीमा तीन दिन शैक्षिक हड्ताल गरिएको छ। मृतकका आफन्तले जिल्ला अस्पतालमा रहेको किशोरीको शव बुझ्न मानेका छैनन्।

भागरथीको भेजाइनल स्वाब काठमाडाैं ल्याइँदै

यसैबीच भागरथीको भेजाइनल स्वाब परीक्षण गर्न काठमाडौं ल्याइने भएको छ। स्वाब परीक्षणका गर्न काठमाडौंस्थित राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा ल्याइनेछ। 

घटनाको प्रकृति हेर्दा बलात्कारपछि हत्या भएको आशंका गरिएकोले स्वाब परीक्षणका लागि पठाइएको प्रहरीले जनाएको छ। त्यसपछि अनुसन्धानमा थप सहज हुने बैतडीका प्रहरी प्रवक्ता जनक धामीले बताएका छन्। घटनास्थलबाट प्राप्त सम्पूर्ण प्रमाण सुरक्षित राखेर अनुसन्धानको काम भइरहेको उनले जनाएका छन्। 

डिएनए परीक्षणबाट शंका लागेको व्यक्तिको शुक्रकिटसँग मिलेमा दोषी पत्ता लाग्ने उनले बताए। 

Norway

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्