काठमाडाैं : संवैधानिक आयोगमा भएका नियुक्ति बदर माग गर्दै सभामुख अग्निप्रसाद सापकोटाले सर्वोच्च अदालतमा दायर गरेको रिटमथि आज सुनुवाइ हुँदै छ।
सभामुख सापकोटाले राष्ट्रपति, प्रधानमन्त्री र प्रधानन्यायाधीशसहित ३७ जनालाई विपक्षी बनाएर शुक्रबार रिट दायर गरेका थिए। त्यसमा सर्वोच्चले आजका लागि पेसी तोकिदिएको थियो। पेसी कसको बेञ्चमा पर्ने भन्ने सर्वोच्च अदालतल आज टुंगो लगाउनेछ।
राष्ट्रपति विद्यादेवी भण्डारी, संवैधानिक परिषद्का अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, राष्ट्रियसभा अध्यक्ष गणेश तिमल्सिना र मुख्य सचिव शंकरदास वैरागीलगायत संवैधानिक अंगका नवनियुक्त पाँच जना प्रमुखसहित ३२ जना सबैलाई विपक्षी बनाइएको छ।
संसदीय सुनुवाइ हुन नसकेको भन्दै सभामुख सापकोटाले नियुक्ति सिफारिसको सक्कल फाइल संवैधानिक परिषद्मै फिर्ता पठाएका थिए। तर त्यस बाबजुद राष्ट्रपतिले नियुक्ति गरेपछि सभामुख आफैं रिट लिएर सर्वोच्च अदालत पुगेका थिए।
प्रतिक्रिया