लेटेस्ट न्युज
advertisement1

निःशुल्क शास्त्रीय संगीत सिक्ने अवसर, यस्तो छ मापदण्ड

Maryada News 2021-02-07 16:22:01
निःशुल्क शास्त्रीय संगीत सिक्ने अवसर, यस्तो छ मापदण्ड

काठमाडौं – शास्त्रीय संगीत सिक्न चाहनेका लागि निःशुल्क अवसर प्रदान गरिने भएको छ। नेपाल शास्त्रीय संगीत समाजले देशभरका शास्त्रीय संगीतका विद्यार्थीहरूमध्येबाट एक जनालाई निःशुल्क शास्त्रीय संगीतको शिक्षा दिने भएको हो। 

नेपाली शास्त्रीय संगीतको विकास गर्ने उद्देश्यका साथ गुरूकुल संगीत शिक्षा योजना २०७७ अन्तर्गत समाजले यो अवसर प्रदान गर्न लागेको हो। छनोट भएको एक जनालाई गुरूकुल पद्दतिमा राखि संगीत शिक्षा प्रदान गर्ने समाजले बताएको छ। 

छात्रवृत्ति प्राप्त गर्ने विद्यार्थीले निःशुल्क खान, बस्न र संगीत शिक्षा आर्जन गर्न सक्नेछ। छात्रवृत्ति प्राप्त गर्न चाहने विद्यार्थीले समाजको कार्यालयमा आफैं उपस्थित हुनुपर्ने तथा समाजको इमेलमा निवेदन पठाउनुपर्ने छ। समाजले छात्रवृत्ति प्राप्त विद्यार्थीलाई ६ महिना संगीत सिकाउने छ। 

छात्रवृत्तिबारे थप जानकारीकालागि तलको तस्बिर हेर्नुहोला


 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्