लेटेस्ट न्युज
advertisement1

माओवादी द्वन्द्वकालको कथामा  सुमेश श्रेष्ठका दुई 'लघुचलचित्र'

Maryada News 2021-03-06 14:12:03
माओवादी द्वन्द्वकालको कथामा  सुमेश श्रेष्ठका दुई 'लघुचलचित्र'

काठमाडौं : आठ बर्ष प्रहरी सेवामा रही हाल अमेरिकामा रहेका सीन सुमेश श्रेष्ठले माओवादी द्वन्द्वकालको बेला आफूले देखे सुनेका घटनालाई  'अ कोल्ड हार्ट' र 'अ साइलेन्ट रिभेन्ज ' नामक दुईवटा लघु चलचित्रको रुपमा उतारेका छन्।  बिहिबार नयाँ बानेश्वरस्थित आईप्लेक्स मलको वान सिनेमा हलमा श्रेष्ठले आफ्ना पुराना सहपाठी तथा पत्रकार ,कलाकारहरु बीच दुवै लघु चलचित्रको प्रिमियर शो राखेका थिए । 

 चलचित्रको प्रिमियर अघि बोल्दै निर्देशक श्रेष्ठले भने, 'द्वन्द्वकालको बेला माओवादी र प्रहरी दुवैतर्फबाट  (पिडित  (निमुखा नेपाली जनता नै थिए र आफू प्रहरी सेवामा रहँदा भोगेका अनुभव ,सुनेका कुराहरुलाई कलाकारितामा उतार्ने समयदेखिको सपना  थियो ।  जुन लकडाउनको अवधिमा नेपाल बसाईंको क्रममा पुरा भएको छ । '

बिस बर्ष अघि नेपाल टेलिभिजनको चर्चित सिरियल दुश्मनमा छोटो (मिठो अभिनय समेत गरेका  श्रेष्ठले प्रहरीको जागिर छोडी पढाईको लागि अमेरिका गएपछि त्यतैबाट फिल्म मेकिङ्गको कोर्ष समेत गरेको बताए।  भविष्यमा नेपाली चलचित्र तथा अमेरिका बाटै अंग्रेजी चलचित्र समेत निर्माणको योजना समेत रहेको   श्रेष्ठको भनाई छ ।

अर्का निर्माता एभरेस्ट थापाले दुवै लघु चलचित्रलाई विभिन्न राष्ट्रिय तथा अन्तरास्ट्रिय फिल्म फेस्टिभलमा समेत पठाईने बताए।  उपस्थित दर्शकहरुको राम्रो प्रतिक्रियाले अझ काम गर्ने हौसला मिलेको पनि उनले बताए। दुवै चलचित्रको कथा ,पटकथा ,संबाद तथा निर्देशन श्रेष्ठले नै गरेका हुन्  भने निर्माण एभरेस्ट थापा र उनी स्वयमकाे रहेकाे छ।  यस्तै  शरद महतोको छायाँकन, पासाङ दावा शेर्पाको सम्पादन  र राजेन्द्र मोक्तानको कलर रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्