झापाः जङ्गली हात्तीको आक्रमणमा परी आज बिहीबार बिहान झापामा एक व्यक्तिले ज्यान गुमाएका छन्। कमल गाउँपालिका–३ निवासी ४४ वर्षीय जीतबहादुर खोयाङ लिम्बूको जङ्गली हात्तीको आक्रमणमा परी ज्यान गएको हो।
बिहान ५ बजे मर्निङवाकमा जाँदा जङ्गली हात्तीले उनलाई रतुवामाई वृक्षरोपण आयोजनाको जङ्गलभित्रको सडकमा आक्रमण गरेको थियो। त्यसपछि उनकाे घटनास्थलमा नै निधन भएको हो।
लिम्बूलाई २१ नम्बर वाहिनी अड्डाको पश्चिमतर्फको जङ्गलको भित्री बाटोमा हिँड्दै गर्दा हात्तीले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक राकेश थापाले जानकारी दिए।
प्रतिक्रिया