लेटेस्ट न्युज
advertisement1

काभ्रेमा एक साता निष‍ेधाज्ञा थप

Maryada News 2021-05-10 10:18:50
काभ्रेमा एक साता निष‍ेधाज्ञा थप

काभ्रेः जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले अर्को एक सातासम्मका लागि निषेधाज्ञा थप गरेको छ। यसअघि वैशाख १९ गते राति १२ बजेदेखि एक साताका लागि जारी गरिएको निषेधाज्ञामा पनि सङ्क्रमण दर बढ्न थालेपछि समय थप गरिएकाे हाे।

प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले आइतबार सूचना जारी गर्दै कोभिड–१९ को सम्भावित सङ्क्रमण, रोकथाम तथा नियन्त्रणका लागि सङ्क्रामक रोग ऐन, २०२० को दफा २ र स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(३) ले दिएको अधिकार प्रयोग गरी आइतबार राति १२ बजेदेखि आगामी जेठ २ गते राति १२ बजेसम्मको लागि निषेधाज्ञा थप गरिएको बताए।

निषेधाज्ञाको समयमा सरकारी कार्यालयले न्यूनतम कर्मचारी उपस्थित भएर सेवा प्रवाह गर्ने व्यवस्था मिलाउने, बैंक तथा वित्तीय संस्थाहरुको हकमा राष्ट्र बैंकबाट इजाजतप्राप्त बैंक तथा लघुवित्त कम्पनी र बिमा समितिबाट इजाजतप्राप्त बिमा कम्पनीहरुले माथिल्लो निकायको स्वीकृति लिई आलोपालो सेवा प्रणालीमा अत्यावश्यक सेवा मात्रै सञ्चालन गर्न निर्देशन दिइएको छ।

निषेधित क्षेत्रमा सञ्चालित सहकारी संस्थाहरुले अत्यावश्यक कार्यका लागि बढीमा हप्ताको दुई दिन कार्यालय सञ्चालन गरी सेवा प्रदान गर्नुपर्ने सूचनामा उल्लेख गरिएको छ । सो समयमा सरकारी कर्मचारी, बैंक तथा वित्तीय संस्था, विद्युत्, सञ्चार, खानेपानी, फोहोरमैला व्यवस्थापनसम्बन्धी अत्यावश्यक सेवामा कार्यरत कर्मचारीले प्रयोग गर्ने निजी सवारी साधनका हकमा कार्यालयले जारी गरेको परिचयपत्र र कार्यालयमा आउनुपर्ने पालो सूचीका आधारमा मात्रै आवतजावत गर्न पाउने प्रजिअ पोखरेलले बताए।

जिल्लाभित्र प्रयोग हुने निर्माणका सामग्री ढुङ्गा, गिटी, बालुवा र अन्य निर्माण सामग्रीहरु ढुवानी गर्ने सवारी साधनहरु राति ९ बजेदेखि बिहान ५ बजेसम्म सञ्चालन गर्न पाइने भएको छ। अत्यावश्यक सामग्री खाद्यान्न, डिपार्टमेन्टल स्टोरको ग्रोसरी मात्र सञ्चालन गर्ने समय बिहान ६ बजेदेखि १० बजेसम्म र साँझ ५ बजेदेखि राति ७ बजेसम्म मात्रै निर्धारित स्वास्थ्य सुरक्षा मापदण्ड अनिवार्य पालना गरी सञ्चालन गर्न पाउने भएको छ।

अत्यावश्यक औषधि तथा स्वास्थ्य सामग्री उत्पादन र बेचबिखन गर्ने उद्योग तथा पसललगायत अत्यावश्यक सेवासम्बन्धी व्यवसाय निर्धारित स्वास्थ्य सुरक्षा मापदण्ड अनिवार्य पालना गरी सञ्चालन गर्न पाइने जनाएको छ। आइतबारसम्म जिल्लामा सक्रिय सङ्क्रमितको सङ्ख्या एक हजार ९९ जना रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्