काठमाडाैंः नेपाली कांग्रेसकाे संसदीय दलकाे बैठक आज शनिबार बस्ने भएकाे छ। दिउँसो २ बजे बानेश्वरस्थित संघीय संसद भवनको ल्होत्से हलमा बैठक बस्दै छ।
वैशाख २७ गते हुने प्रतिनिधि सभाको विशेष अधिवेशनकाे सन्दर्भमा रणनीति बनाउन बैठक बस्न लागेको नेपाली कांग्रेसका नेताहरूले जनाएका छन्। हालसम्म कांग्रेसले २७ गते प्रधानमन्त्रीलाई विश्वासकाे मत नदिने बताउँदै आएकाे छ। आजकाे बैठकले आधिकारिक रुपमै साे विषयकाे टुंगाे लगाउने छ।
बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवाले पछिल्लाे राजनीतिक घटनाक्रमबारे संसदीय दललाई जानकारी गराउने पनि भएका छन्। केही दिनयता देउवा विभिन्न दलका नेताहरूसँग भेटवार्तामा व्यस्त हुँदै आएका छन्।
प्रतिक्रिया