चितवनः कोरोना भाइरस सङ्क्रमणका कारण जिल्लामा तीन जनाको निधन भएको छ। चितवन, अर्घाखाँचीका र रुपन्देहीका एक/एक जनाकाे निधन भएकाे हाे।
भरतपुर अस्पतालमा उपचारका क्रममा भरतपुर महानगरपालिका–२५ का ४५ वर्षीय पुरुषको मृत्यु भएको हो। निमोनियाको समस्या भएपछि वैशाख १९ गते अस्पताल भर्ना भएका उनमा २० गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो। कोभिड सङ्क्रमण पुष्टिपछि उपचारका क्रममा आज बिहान ५ः३५ बजे उनकाे निधन भएकाे हाे।
यस्तै रुपन्देहीको बुटवल उपमहानगरपालिका–९ का ४२ वर्षीय पुरुषको कोरोना सङ्क्रमणका कारण निधन भएको छ। उनको चितवन मेडिकल कलेजमा निधन भएको हो। श्वासप्रश्वासमा समस्या आएपछि वैशाख २१ गते मेडिकल कलेजमा भर्ना भएका उनमा २१ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो। उपचारका क्रममा उनको मङ्गलबार राति २ः३० बजे निधन भएको हो।
यस्तै अर्घाखाँचीको भूमिकास्थानका एक पुरुषको कोरोनाका कारण निधन भएको छ। भूमिकास्थान–१ का ४२ वर्षीय पुरुषकाे निधन भएकाे चितवन मेडिकल कलेजले जनाएको छ। श्वासप्रश्वासमा समस्या आएपछि वैशाख २१ गते अस्पताल भर्ना भएका उनकाे राति २ः०२ बजे निधन भएको हो।
प्रतिक्रिया