लेटेस्ट न्युज
advertisement1

उपत्यकामा आजबाट एक साता 'कडा निषेधाज्ञा' थप

Maryada News 2021-05-05 10:16:10
उपत्यकामा आजबाट एक साता 'कडा निषेधाज्ञा' थप

काठमाडौंः उपत्यकाका तीनवटै जिल्लामा आज बुधबारदेखि एक साताका लागि निषेधाज्ञा थप गरिएकाे छ। काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले कोरोना संक्रमणको भयावह अवस्था रोक्न निषेधाज्ञा एक साताका लागि थप गरिएकाे बताएका छन्। 

थप गरिएकाे अवधिमा निषेधाज्ञालाई झनै कडा गरिनुपर्ने चाैतर्फी आवाज उठेपछि निषेधाज्ञाका प्रावधानहरू परिवर्तन गरिएकाे छ। आजबाट साँझ ५ बजेदेखि ७ बजेसम्म खुल्दै आएकाे खाद्यान्नलगायतका पसल खाेल्न नपाइने भएकाे छ। यस्तै बिहानकाे समयमा ७ देखि १० बजेसम्म खुल्दै आएका पसलहरू आजबाट ९ बजेसम्म खोल्न दिने निर्णय भएकाे छ।

यस्तै सरकारी कार्यालय, सार्वजनिक संस्थान, बैंक तथा बीमालगायतका कार्यालयले एक चौथाइ कर्मचारी मात्र राखि कार्यालय सञ्चालन गर्नुपर्नेछ। बैंक तथा वित्तीय संस्थाले काठमाडौं उपत्यकामा आफ्नाे सम्पूर्ण शाखा खाेल्न नपाउने भएकाे छ। शाखा कार्यालयमध्ये २५ प्रतिशत मात्र खुला राख्न पाउने भएका छन्। केन्द्रीय कार्यालयकाे हकमा २० प्रतिशत जनशक्ति मात्र राखेर सञ्चालन गर्न पाइनेछ। 

यस्तै यसअघि जारी गरिएका सबै सवारी पास खारेज गरिएको छ। काठमाडाैं उपत्यकाका प्रशासनले उपत्यका छाेड्नेहरूका हकमा पनि प्रावधान जारी गरेकाे छ। सम्बन्धित पालिकाले अनिवार्य १० दिन क्वारन्टिनमा राख्ने प्रतिबद्धतासहितको सिफारिस दिए काठमाडौं उपत्यका छाड्न पाइनेछ।

बिरामी, मलामी, विवाहलगायतका काममा भने विषय खुल्ने कागजातकाे आधारमा प्रशासनले सहजीकरण गर्ने बताइएकाे छ। 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्