एजेन्सीः दक्षिण कोरियामा एक नेपालीले बाटोमा भेटाएको पैसा करिब १३ लाख वन कोरियाली प्रहरीलाई बुझाएका छन्। दक्षिण कोरियाको इन्छन् शहरमा बसोबास गरिरहेका रामेछाप जिल्ला लिखु गाउँपालिका–७ का प्रदीप श्रेष्ठले भेटाएकाे रकम प्रहरीलाई बुझाएपछि उनकाे चाैतर्फि प्रशंसा भइरहेकाे छ।
इन्छनस्थित औद्योगिक क्षेत्र नाम्दोङमा आइतबार बाटोमा हिँड्ने क्रममा खाममा उक्त रकम भेटिएको हो। रकममध्ये रु १० लाख एक हजार कोरियन वन र बाँकी फिलिपिन्स, हङकङ र ताइवानका नोटहरू थिए। उनले इन्छन्स्थित एक प्रहरी कार्यालयमा उक्त रकम बुझाएर आफ्नो इमान्दारी देखाएका हुन्।
रकम भेट्टाएर प्रहरीलाई बुझाउन पाउँदा आफूलाई खुशी लागेको उनले बताएका छन्। उनले सम्बन्धित व्यक्तिसम्म पैसा पुगे झनै खुसी हुने बताएका छन्।
कोरियामा बाटोमा पैसालगायत अन्य बहुमूल्य सामान भेटेमा त्यसै छाेड्ने वा प्रहरीलाई बुझाउने गर्नुपर्छ। यदि आफैँले लगेमा चोरी गरेबराबर सजाय हुनसक्ने व्यवस्था छ।
प्रतिक्रिया