पोखरा : गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्रिपरिषद् विस्तार गरेका छन् । गुरुङले सांसद दीपक मनाङेलाई युवा तथा खेलकुदमन्त्री बनाएका छन् ।आफूविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएसँगै सत्ता जोगाउने दाउमा रहेका गुरुङले सांसद मनाङ्गेलाई खेलकुदमन्त्री नियुक्त गरेका हुन्।
मुख्यमन्त्री गुरुङविरुद्धको अविश्वास प्रस्तावमाथि बुधबार हुने भनिएको मतदानमा सांसद मनाङे उपस्थित भएका थिएनन् । नवनियुक्त मन्त्री मनाङ्गेले पद तथा गोपनीयताको सपथ लिएका छन् । मनाङे आपराधिक पृष्ठभूमिका हुन्। उनी सांसद चुनिनुभन्दा अघि डिल्लीबजार कारागारमा थिए। गुण्डा नाइके चक्रे मिलनको ज्यानसम्बन्धी मुद्दामा मनाङेलाई प्रहरीले पक्राउ गरेको थियो। होटल हायातमा ग्याङ वार हुँदा मिलनको हात मनाङे समूहले छिनालिदिएको थियो। सो घटनामा मनाङे प्रतिवादी थिए।
प्रतिक्रिया