लेटेस्ट न्युज
advertisement1

 सेती प्रादेशिक अस्पतालमा २ कोरोना सङ्क्रमितको मृत्यु  

Maryada News 2021-04-29 16:35:30
 सेती प्रादेशिक अस्पतालमा २ कोरोना सङ्क्रमितको मृत्यु  

डोटी : सुदूरपश्चिमको सेती प्रादेशिक अस्पतालको कोभिड अस्थायी अस्पतालमा उपचाररत दुई कोरोना सङ्क्रमितको मृत्युु भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालय दिपायल राजपुरका अनुसार कोरोना सङ्क्रमण पुष्टि भएपछि अस्पताल भर्ना भएका कैलालीको घोडाघोडी नगरपालिका–१० का ६० वर्षीय पुरूष र लम्कीचुहा नगरपालिका–२ का ३३ वर्षीय पुरूषको मृत्युु भएको हो ।     
     
निर्देशनालयका अनुसार बुधबार अस्पताल भर्ना भएका घोडाघोडीका सङ्क्रमितको आइसीयूमा उपचार भइरहेको थियो । श्वासप्रश्वाससम्बन्धी समस्याले ग्रस्त उनलाई निमोनियासमेत भएको थियो । लम्कीचुहाका सङ्क्रमित वैशाख १४ गते अस्पताल भर्ना भएका थिए । उनमा पनि निमोनिया रहेको अस्पतालले जनाएको छ ।     

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्