लेटेस्ट न्युज
advertisement1

पूर्वरानीलाई आईसीयूमा सारियाे, हाई फ्लाे अक्सिजन दिइँदै

Maryada News 2021-04-29 11:55:22
पूर्वरानीलाई आईसीयूमा सारियाे, हाई फ्लाे अक्सिजन दिइँदै

काठमाडाैंः काेरोना भाइरस संक्रमित पूर्वरानी काेमल राज्यलक्ष्मी शाहलाई आईसीयूमा सारिएकाे छ। शाहकाे शरीरमा अक्सिजनकाे मात्रा कम भएपछि उनलाई आईसीयूमा सारिएकाे अस्पतालले जनाएकाे छ। 

काेराेना संक्रमित पूर्वराजा ज्ञानेन्द्र शाह, पूर्वरानी काेमल राज्यलक्ष्मी शाह र छाेरी प्रेरणा शाह हाल थापाथलीस्थित नर्भिक अस्पतालमा उपचाररत छन्।

पूर्वराजा ज्ञानेन्द्र शाहलाई आइतबारदेखि नै अक्सिजनकाे सहायतामा राखिएकाे छ भने छाेरी प्रेरणालाई अक्सिजन दिन नपरेकाे अस्पतालले जनाएकाे छ। नर्भिक अस्पतालले जारी गरेकाे सूचनाअनुसार हाल पूर्वरानीमा श्वासप्रश्वासकाे समस्या रहेकाले आईसीयूमा हाई फ्लाे अक्सिजनकाे सहायतामा राखिएकाे छ।

उनमा अन्य स्वास्थ्य समस्या नरहेकाे अस्पतालले जनाएकाे छ। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्