लेटेस्ट न्युज
advertisement1

सांसद सम्पर्कविहीन भएपछि गण्डकी प्रदेश सभा बैठक स्थगित

Maryada News 2021-04-28 18:21:46
सांसद सम्पर्कविहीन भएपछि गण्डकी प्रदेश सभा बैठक स्थगित

कास्कीः गण्डकी प्रदेश सभाका सांसद सम्पर्कविहीन भएपछि प्रदेश सभा बैठक स्थगित भएकाे छ। राष्ट्रिय जनमोर्चाका सांसद खिमबिक्रम शाही सम्पर्कविहीन भएपछि चालु विशेष अधिवेशन स्थगित भएकाे हाे।

जनमाेर्चाले आफ्ना सांसद सम्पर्कविहीन भएकाे भन्दै सभामुख नेत्रनाथ अधिकारीसामु पत्र पेश गरेपछि सभामुखले उक्त विषय सम्बोधन नगरी बैठक बस्नु अनुपयुक्त हुने भन्दै अनिश्चितकालका लागि बैठक स्थगित गरेका हुन्।

यता सत्तारुढ दल नेकपा एमालेले भने सभामुखले कांग्रेस र माओवादी केन्द्रकाे इसारा बमाेजिम अविश्वास प्रस्ताव पारित हुन नसक्ने भएपछि बैठक स्थगित गरिएकाे भन्दै विराेध जनाएकाे छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्