लेटेस्ट न्युज
advertisement1

संवैधानिक परिषद्काे बैठक जारी, सभामुख सापकाेटा र देउवाद्वारा बहिष्कार

Maryada News 2021-05-09 12:26:31
संवैधानिक परिषद्काे बैठक जारी,  सभामुख सापकाेटा र देउवाद्वारा बहिष्कार

काठमाडाैंः संवैधानिक परिषद्को बैठक शुरु भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा सभामुख अग्नि सापकोटा र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा उपस्थित भएका छैनन्। 

उनीहरूले बैठक बहिस्कार गरेका छन् भने प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरा र राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिना बैठकमा ‍उपस्थित रहेका छन्। 

आइतबारकाे संवैधानिक परिषद्को बैठकले लोकसेवा आयोग, महिला आयोगलगायतका रिक्त रहेका पदमा नियुक्तिका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने कार्यसूची रहेकाे छ। यस्तै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पनि २ सदस्य रिक्त छन्।

परिषद्मा प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख, राष्ट्रियसभाको अध्यक्ष, विपक्षी दलको नेता र उपसभामुख रहन्छन्। संवैधानिक आयोगहरुमा पदाधिकारी नियुक्तिका लागि परिषद्ले सिफारिस गर्ने गर्दछ। सिफारिसमा परेकाहरुको संसदीय सुनुवाइको प्रक्रिया पूरा गरेपछि राष्ट्रपतिले नियुक्ति गर्ने व्यवस्था रहेकाे छ।

परिषद्का कूल पाँच सदस्यमध्ये दुई जनाले वहिष्कार गरेसँगै हाल अध्यक्षसहित दुई सदस्यमात्र उपस्थित छन्। सरकारले केही दिनअघि जारी गरेकाे संवैधानिक परिषद्को बैठकसम्बन्धी अध्यादेशमा अध्यक्षसहित तत्काल बहाल रहेका बहुमत सदस्य उपस्थित भए पनि बैठककाे आधिकारिकता मान्य हुने भनिएसँगै दुईजना सदस्यको उपस्थितिमै निर्णय हुन लागेको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्