लेटेस्ट न्युज
advertisement1

न्यायपालिकामा देखिएको समस्या सरकारले समाधान गर्नुपर्छ : प्रकाशमान सिंह

Maryada News 2021-11-04 18:22:18
न्यायपालिकामा देखिएको समस्या सरकारले समाधान गर्नुपर्छ : प्रकाशमान सिंह

काठमाडौँ : नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले न्यायपालिकामा अहिले देखिएको समस्या सरकारले समाधान गर्नुपर्ने बताएका छन् । काठमाडौँमा बिहीबार आयोजित एक कार्यक्रममा बोल्दै नेता सिंहले न्यायपालिकाको समस्यालाई सरकारले समाधान गर्नुपर्ने बताएका हुन् ।

उनले न्यायालयमा भएको बेथितिलाई गठबन्धन सरकारले हटाउनुपर्ने बताए । उनले न्यायालयको यो अवस्था भइसक्दा समेत राजनीतिक दलका नेताहरुले न्यायालयमा दखल गर्नु हुँदैन भनेर बस्न नमिल्ने बताए ।

नेता सिंहले चाडपर्वको मुखमा पेट्रोलियम पदार्थको मूल्य बढ्नु राम्रो नभएको बताए । उनले नेपालको त्रुटिपूर्ण व्यवस्थापकीय कारण पेट्रोलियम पदार्थको मूल्य बढेको भन्दै नेता सिंहले नेपाली कांग्रेसले गठबन्धन सरकारको नेतृत्व गरेकोले आगामी दिनलाई हेरेर काम गर्नुपर्ने बताए ।

’चाडपर्वको मुखमा पेट्रोलियम पदार्थको मूल्य धेरै भयो, राम्रो भएको छैन, नेपालको मिस म्यानेजमेन्टले एकैपटक मूल्य बढाउने भन्ने हुँदैन । सरकारले ध्यान पुर्याउनु पर्छ, महँगी त बढ्यो, हामी जनतासँग अन्तरक्रियामा जान्छौँ’, उनले भने, ’यो केपी ओलीको सरकार जसरी कुरा गर्छन् । गठबन्धनको सरकारको जिम्मेवारी कांग्रेसले लिनुपर्छ, ओलीलाई दोष दिएर हुँदैन । यसको नतिजा अर्को चुनावमा हुन्छ, त्यसैले त्यसको परिणाम हेरेर काम गर्नुपर्छ, हाम्रो पार्टी म्याद गुज्रिसकेको छ, समय सकिसकेको पार्टी छ।’

नेता सिंहले नेपाली कांग्रेसको कलहका कारण कम्युनिष्टहरूलाई फाइदा भएको बताए । उनले आफूले पार्टी सभापतिमा दाबी गर्दा गलत दुष्प्रचार गरिएको समेत बताए । 

उनले धाँधलीरहित प्रतिष्पर्धामा उत्रिन पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवालाई चुनौती दिए । उनले नेतृत्वले काम गर्न नसक्दा पार्टी बेथितिमा गएको बताउँदै पार्टी सभापति देउवाले बहुमत छ भनेर मनलाग्दी गरेको आरोप लगाए ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्