काठमाडाैंः नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गणतन्त्रको सफलताका लागि हाम्रो शैली र व्यवहार निरन्तर समीक्षाको विषय बन्नुपर्ने बताएका छन्। गणतन्त्र दिवसकाे अवसरमा आज शुभकामना दिँदै उनले नेपालको संविधानको संरक्षण र संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको संस्थागत विकास गरी समतामूलक समाजको निर्माण गर्न गणतन्त्र दिवसले प्रेरणा दिने बताएका छन्।
पूर्वप्रधानमन्त्री देउवाले नेपाली जनताको अभूतपूर्व त्याग र बलिदानबाट गणतन्त्र स्थापना भएकाे बताए।
उनले ऐतिहासिक जनान्दोलन २०६२/६३ को सफलतापछि नेपाल संघीय लोकतान्त्रिक गणतन्त्रात्मक मुलुकका रुपमा स्थापित भएको जनाउँदै लोकतन्त्रको स्थापनाका लागि भएकाे जनान्दोलनमा आफ्नो जीवन उत्सर्ग गर्ने शहीदहरूप्रति उच्च सम्मानका साथ श्रद्धाञ्जलि अर्पण गर्दै गणतन्त्र दिवसको अवसरमा सम्पूर्ण नेपालीमा शुभकामना प्रकट गरेका छन्।
प्रतिक्रिया