काठमाण्डू, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी प्रमुख कुलमान घिसिङलाई पदमुक्त गर्ने सरकारको निर्णयप्रति नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले पनि असन्तुष्टि जनाएका छन् ।
मंगलबार बिहान सबेरै सामाजिक सञ्जालमा लेखेर उनले यो कदमको स्वामित्व कांग्रेसले लिनै नहुने बताएका छन् ।
‘कुलमान घिसिङलाई हटाउने सरकारी निर्णयको पुष्टि न कहिल्यै सरकारले गर्न सक्छ, न पार्टीले ।
नेपाली कांग्रेसले त यसको स्वामित्व लिनै हुन्न,’ उनले लेखेका छन्, यसरी कति दिन चल्ने र चलाउने ? विनाशकाले विपरीत बुद्धि!’
सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले प्राधिकरणका कार्यकारी प्रमुख घिसिङलाई हटाउने निर्णय गरेको थियो ।
प्रतिक्रिया