काठमाडौं : दक्षिण अफ्रिकाका लागि नेपाली राजदूतमा डा. निर्मलकुमार विश्वकर्मा नियुक्त भएका छन् । मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले उनलाई राजदूतमा नियुक्त गरेकी हुन् ।
संविधानको धारा २८२ अनुसार मन्त्रिपरिषदको सिफारिसमा डा. विश्वकर्मालाई नियुक्त गरेको हो । लामो समयदेखि एग्रिमो नआएको कारण उनको नियुक्तिमा ढिलाई भएको थियो । एग्रिमो आएसँगै राजदूत बन्ने बाटो खुलेको हो । राजदूत विश्वकर्माले काठमाडौं विश्वविद्यालय र स्विट्जरल्याण्डको ज्युरिच विश्वविद्यालयबाट (संयूक्त) फुड मुभमेन्टमा पिएचडी गरेका छन्।
प्रतिक्रिया