एजेन्सीः नाइजेरियाको दक्षिणी क्षेत्रस्थित इमो राज्यमा बन्दुकधारीहरूले हमला गरेर पाँच जना प्रहरीको हत्या गरेका छन्। सोमबार बन्दुकधकधारीहरूले इमो राज्यमा रहेको एक प्रहरी चौकीमा एक्कासी हमला गरेका थिए।
इमो राज्यका प्रहरी प्रवक्ताले इमाे राज्यमा रहेको सो प्रहरी चौकीमा ठूलो संख्यामा आएका बन्दुकधारीले हमला गर्दा पाँच जना प्रहरी अधिकारी मारिएको बताएका छन्। उनले बन्दुकधारीहरूले कैदी जीवन भाेगिरहेका आफ्ना केही साथीहरूलाई पनि जेलमुक्त गरेर लगेका बताए। यसअघि पनि सो प्रहरी चौकीमा उनीहरुले हमला गरेका थिए।
प्रतिक्रिया