लेटेस्ट न्युज
advertisement1

मृतावस्थामा भेटिएकी महिलाको पहिचान खुल्यो  

Maryada News 2021-04-23 14:00:43
मृतावस्थामा भेटिएकी महिलाको पहिचान खुल्यो  

डोटी : डोटीको दिपायल सिलगढी नगरपालिका तथा पूर्वीचौकी गाउँपालिकाको सीमा क्षेत्र बुढाबाझ बागघेरी सामुदायिक वनमा मङ्गलबार मृतावस्थामा भेटिएकी महिलाको पहिचान खुलेको छ । जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर मल्लका अनुसार मृतावस्थामा फेलापरेकी निज महिला डोटीको आदर्श गाउँपालिका–१ बाँझकाकनी बस्ने ४५ वर्षीया वसन्ती लुहार रहेकी छन् ।     
     
यही वैशाख २ गतेदेखि बेपत्ता भएकी निज महिलाको शव पूर्वीचौकी गाउँपालिका र दिपायल सिलगढी नगरपालिकाको सीमा क्षेत्रमा रहेको बुढाबाझ बागघेरी सामुदायिक वनको पक्की सडकभन्दा करिब ८०० मिटर तल भिरमा फेला परेको थियो । निजको हत्या गरेर फालेको हुनसक्ने स्थानीयवासीको अनुमान छ ।     
     
मृतक महिला त्यहाँ कहिले र कसरी पुगिन् सो विषयमा सूक्ष्म अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय डोटी, मुद्दाफाँटका प्रहरी निरीक्षक कान्तिराज जोशीले बताए । उनले भने, “शव केही दिन पहिलेको जस्तो छ, शरीरभरि किरा परेको छ, ती महिला त्यहाँ कहिले र कसरी पुगिन् सो विषयमा अनुसन्धान शुरु गरेका छौँ ।” 

घटना बारेमा विशेष अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । मृतक महिलाको शव अहिले परीक्षणका लागि जिल्ला अस्पताल डोटीमा राखिएको छ । शव परीक्षणपछि मृतकका घरपरिवारलाई हस्तान्तरण गरिने सूचना अधिकारी मल्लले जानकारी दिए ।     
 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्