लेटेस्ट न्युज
advertisement1

दूरी कायम गरी बौद्ध–जोरपाटी क्षेत्रमा चामुण्डा रथयात्रा  

Maryada News 2021-04-21 11:09:41
दूरी कायम गरी बौद्ध–जोरपाटी क्षेत्रमा चामुण्डा रथयात्रा  

काठमाडौं : चैत्र शुक्ल अष्टमीका दिन गोकर्णेश्वर क्षेत्रमा मनाइने ऐतिहासिक चामुण्डा रथयात्रा भौतिक दूरी कायम गरी स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर सम्पन्न गरिएको छ । चामुण्डा क्षेत्र विकास तथा संरक्षण कोषले प्रत्येक वर्षको चैत्र शुक्ल अष्टमी अर्थात् चैतेदशैँका दिन गोकर्णेश्वरको जोरपाटी र काठमाडौँ महानगरपालिका–६ बौद्ध क्षेत्रमा श्री रक्तविनायक, श्री महाँकाल भैरव र श्री चामुण्डादेवीको रथयात्रा गर्ने परम्परा छ ।

रथयात्रा जोरपाटी र बौद्ध क्षेत्रमा दूरी कायम गरी स्वास्थ्य सुरक्षा अपनाएर सांस्कृतिक परम्परालाई निरन्तरता दिइएको छ । यसअघि मङ्गलबार बिहान कोष, वडा कार्यालय र महानगरीय प्रहरी वृत्त बौद्धको बैठकले सुरक्षितरूपमा चामुण्डा रथयात्रा चलाउने निर्णय गरेको थियो । रथयात्रामा प्रहरी र स्वयंसेवक यथेष्टमात्रामा खटाइएको थियो । स्वास्थ्य सुरक्षाका मापदण्ड पूरा गरेर मङ्गलबार राति नै जात्रा सम्पन्न गरिएको हो ।     
     
वर्षका चार नवरात्रमध्ये आश्विन शुक्ल पक्ष र चैत्र शुक्ल पक्षको नवरात्रमा चामुण्डालगायत देशभरका देवी मन्दिरमा पूजापाठ र दर्शन गर्ने भक्तजनको भीड लाग्छ । यस वर्ष पशुपति क्षेत्रस्थित गुह्येश्वरी, मैतीदेवी, नक्साल भगवती, भद्रकाली, कालिकास्थान, बिजेश्वरी, शोभा भगवती, रक्तकाली, श्वेतकाली, इन्द्रायणीलगायत देवी मन्दिरमा भौतिक दूरी कायम गरेर भक्तजनले दर्शन गरेका छन् ।     

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्