लेटेस्ट न्युज
advertisement1

मानव बेचबिखन कसुरमा एक पक्राउ

Maryada News 2021-04-19 11:27:34
मानव बेचबिखन कसुरमा एक पक्राउ

चितवनः मानव बेचबिखन तथा ओसारपसार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय चितवनले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा मकवानपुरको हेटौँडा नगरपालिका–४ घर भई राप्ती नगरपालिका–४ मा व्यवसाय गरी बस्ने ४० वर्षीय कुमार गौतम रहेका छन्।

गौतमले आफ्नै रेष्टुराँमा काम गर्ने तीन महिलालाई उनीहरूको इच्छाविपरीत दबाब दिँदै वेश्यावृत्तिमा संलग्न गराएको सूचनाका आधारमा उनलाई पक्राउ गरिएको प्रहरी निरीक्षक सुवास भट्टले जानकारी दिए। गौतमलाई मानव बेचबिखन तथा ओसारपसार कसुरमा जिल्ला अदालतबाट सात दिनको समय थप गरी अनुसनधान शुरु गरिएको छ।

साेमबार जारी गरिएको सूचनाअनुसार गौतमलाई वैशाख ४ गते पक्राउ गरिएको हाे। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्