लेटेस्ट न्युज
advertisement1

तीन घण्टाकाे फरकमा तीन काेराेना संक्रमितकाे निधन

Maryada News 2021-04-18 14:01:22
तीन घण्टाकाे फरकमा तीन काेराेना संक्रमितकाे निधन

बाँकेः नेपालगञ्जस्थित भेरी अस्पतालमा तीन जना काेराेना संक्रमितकाे तीन घण्टाकाे फरकमा निधन भएकाे छ। जिल्ला संकट व्यवस्थापन समिति बाँकेका कोरोना स्रोत व्यक्ति तेज वलीकाअनुसार कोरोना विशेष वार्डमा उपचाररत तीन संक्रमितको तीन घण्टाको बीचमा निधन भएको हाे। 

अस्पतालमा उपचाररत बर्दियाकाे राजापुर नगरपालिका–१ निवासी ७३ वर्षीय वृद्धको शनिबार बेलुका ७ बजे निधन भएको थियो। ठीक ४० मिनेटपछि बाँकेको बैजनाथ गाउँपालिका–८ निवासी ७८ वर्षीया वृद्धाकाे निधन भएकाे थियाे। पछि साढे ९ बजे राति दैलेखको नारायण नगरपालिका–१ बस्ने ६८ वर्षीया अर्की वृद्धाकाे पनि निधन भएको भेरी अस्पतालले जनाएकाे छ। 

बाँकेमा हालसम्म उपचारका लागि आएका बाहिरी जिल्लाका ९६ जनाले काेराेनाका कारण ज्यान गुमाइसकेका छन्। जिल्लाका भने ६० जनाले ज्यान गुमाएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्