बाराः राष्ट्रिय अनुसन्धान विभाग बागमती प्रदेश कार्यालय हेटाैडामा कार्यरत दुई कर्मचारीको मोटरसाइकल दुर्घटनामा परी निधन भएको छ। निधन हुनेमा विभागकाे सूचक (हवल्दार) पदमा कार्यरत ३८ वर्षीय शशिकान्त झा र सहायक सूचक (सिपाही) पदमा कार्यरत ३० वर्षीय सानुकाजी चित्रकार रहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।
पूर्वपश्चिम राजमार्गअन्तर्गत बाराको पिप्लेको बालगङ्गा पुल नजिक मोटरसाइकल अनियन्त्रित भई बुधबार राति दुर्घटना हुँदा दुवैको निधन भएको हो। ना२७प ६३६ नंको मोटरसाइकलमा पथलैयाबाट निजगढतर्फ जाने क्रममा बालगङ्गामा दुर्घटना भएको बताइएको छ।
सूचक झाको घटनास्थलमा निधन भएको हाे भने सहायक सूचक चित्रकारको वीरगञ्जको नारायणी अस्पतालमा उपचारका क्रममा निधन भएको प्रहरीले जनाएको छ।
प्रतिक्रिया