लेटेस्ट न्युज
advertisement1

गुगल ट्रान्सलेटमा अब नेपाल भाषा पनि

Maryada News 2021-04-14 20:04:32
गुगल ट्रान्सलेटमा अब नेपाल भाषा पनि

काठमाडौं : गुगल ट्रान्सलेटमा नेपाल भाषा पनि समेटिको छ । गुगलको अनलाइन ट्रान्सलेट प्रविधिले नेवारी समुदायमा बोलिने भाषालाई मंगलबारदेखि समेटिएको हो । 

विश्वभर ७ हजारभन्दा धेरै भाषा रहेको भए पनि गुगलमा हालसम्म १०९ वटा भाषा मात्र समेटिएका छन् । अब नेपाल भाषा समेत गरी गुगल ट्रान्सलेटमा भाषाको संख्या ११० पुगेको हो । वर्ल्ड नेवा अर्गनाइजेसनको पहलमा नेपाल भाषालाई गुगल ट्रान्सलेटमा राखिएको हो । गुगल ट्रान्सलेट एप सबैभन्दा पुरानो ट्रान्सलेटर एप हो ।

नयाँ फिचर र सामान्य इन्टरफेसका कारण यसको प्रयोग बढ्दो छ । हालै मात्र गुगल प्ले स्टोरमा गुगल ट्रान्सलेट एपले एक अर्ब डाउनलोड पुरा गरेको थियो ।


 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्