धनुषाः जनमत पार्टीकाे नेत्तृत्वमा डा. सीके राउत निर्विराेध अध्यक्ष चुनिएका छन्। प्रदेश नम्बर २ काे राजधानी जनकपुरधाममा सम्पन्न पहिलो महाधिवेशनले निर्वाचनमार्फत नयाँ कार्यसमिति पनि चयन गरेको छ।
महाधिवेशनमा दुई हजार तीन सय दुई मत प्राप्त गर्दै राउत अध्यक्ष पदमा निर्वाचित भएका हुन्।
पार्टीकाे उपाध्यक्षमा मोहम्द अब्दुल खान एक हजार आठ सय ६७ मतसहित, ई. बसन्त कुशवाहा एक हजार एक सय ५० मतसहित, ई. दीपक कुमार साह सात सय ७१ मतसहित र ई. नरेन्द्र प्रसाद चौधरी पाँच सय ८२ मतसहित विजयी भएका छन्। यस्तै महासचिव पदमा एक हजार पाँच सय ७३ मतसहित चन्दन कुमार सिंह विजयी भए।
जनमत पार्टीकाे सदस्य निर्वाचित हुनेहरूमा डा. सुवन्त कुमार कुशवाहा, ललिचतचन्द्र मल्लिक, संजय कुमार यादव, रामकुमार यादव, भोगेन्द्र प्रसाद यादव, भवानी महतो, सिताराम पण्डित, सुरेन्द्र शर्मा, मदनेश कुमार चौधरी, नरेश प्रसाद कुशवाहा, राजेन्द्र राय, बिरेन्द्र महतो, सञ्जय कुमार यादव रहेका छन्।
यस्तै बालगोबिन्द चौधरी, इन्द्रजीत यादव, डा. विनय कुमार पंजियार, ओमप्रकाश साह, सुनिल कुमार यादव, विष्णु प्रसाद यादव, इरफान अहमद शेख, रामकेश गुप्ता, परमेश्वर मुर्गु, योगेन्द्र चौधरी पनि सदस्य पदमा निर्वाचित भएका छन्।
यस्तै निर्वाचित महिला सदस्यमा अनिता कुमारी मण्डल, अनितादेवी साह, अन्जनीदेवी मण्डल, बविता कुमारी राउत, जुलेखा विवी, आशा कुमारी मेहता, राधा कुमारी यादव, कौशिला देवी महतो रहेका छन्।
प्रतिक्रिया