लेटेस्ट न्युज
advertisement1

बागमती प्रदेशका १३ सांसदले गरे एकीकृत समाजवादीमा सनाखत 

Maryada News 2021-09-03 20:17:18
बागमती प्रदेशका १३ सांसदले गरे एकीकृत समाजवादीमा सनाखत 

मकवानपुर : बागमती प्रदेशसभाबाट नेकपा एमाले छोडेर एकीकृत समाजवादी रोज्ने सांसदको संख्या १३ पुगेको छ । शुक्रबार प्रदेश सभा सदस्य मीना नेपाल ज्ञवालीले एकीकृत समाजवादीमा सनाखत गरेसँगै बागमतीमा उक्त दल रोज्ने सांसदको संख्या १३ पुगेको हो ।

प्रदेश निर्वाचन कार्यालय बागमती हेटौंडा पगेर ज्ञवालीले शुक्रबार समाजवादीमा सनाखत गरेकी हुन् । सांसदहरूको एमाले त्यागेर एकीकृत समाजवादीमा आउने क्रम जारी रहेको छ ।

उनी जस्तै प्रदेशसभाका अन्य १२ जना सांसदहरू राजेन्द्र पाण्डे, माधव पौडेल, राजेन्द्रमान श्रेष्ठ, वसन्तप्रसाद मानन्धर, लक्ष्मण लम्साल, रमा आले मगर, इन्द्रमाया गुरुङ, मुनु सिग्देल, कुसुमकुमार कार्की, वसुन्धरा हुमागाईं, पार्वती सिलवाल र कृष्णप्रसाद शर्मा खनालले एकीकृत समाजवादीमा सनाखत गरिसकेका छन् । 

बागमती प्रदेशमा एमालेका ५६ सांसद रहेकोमा १३ जना एकीकृत समाजवादी प्रवेश गरिसकेका छन् । अब एमालेसँग ४३ जना सांसद मात्रै छन् ।

भदौ २२ गतेसम्म एकीकृत समाजवादीमा आवद्ध हुनका लागि समय रहेकाले अझै केही प्रदेश सांसदले सनाखत गर्ने एकीकृत समाजवादीकी केन्द्रीय सदस्य एवं बागमती प्रदेशसभा सदस्य मुनु सिग्देलले जानकारी दिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्