काठमाडौँ : कोभिड–१९ महामारीकाबीच उत्साहवद्र्धक रुपमा चलिरहेको वसन्त यामको हिमाल आरोहणबाट पर्यटन व्यवसायी निकै उत्साहित देखिएका छन् । सर्वोच्च शिखर सगरमाथासहितका विभिन्न हिमाल आरोहणमा आरोहीको आकर्षणले महामारीले शिथिल बनेको पर्यटन क्षेत्र चलायमान हुने उनीहरुको अपेक्षा छ ।
एकातर्फ प्रतिकूल परिस्थितिका बावजुद पनि पर्वतारोहणका लागि बाक्लो सङ्ख्यामा विदेशीको आगमन अर्कोतफ विशिष्ठ पाहुनाको आरोहणले नेपालको पर्वतीय पर्यटन तथा साहकिय पर्यटकीय गतिविधि सुरक्षित रहेको सन्देश विश्वभर फैलाउन मद्दत पुगेको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पर्यटन विभागले हालसम्म वसन्त यामको सगरमाथासहितका विभिन्न हिमाल आरोहणका लागि ४९ आरोही समूहलाई आरोहण अनुमति ९एक्सिपिडिसन पर्मिट० दिएको छ । विभागको पछिल्लो विवरणमा हालसम्म ४९ आरोही समूहका ४१९ आरोहीले आरोहण अनुमति लिएका छन् ।
यस यामको सगरमाथा आरोहणका लागि मात्रै हालसम्म २६ आरोही समूहका २४४ आरोहीले आरोहण अनुमति पाएको विभागको पर्वतारोहण शाखाका अधिकृत भीष्मराज भट्टराईले जानकारी दिए। विभागले आरोहण अनुमति दिएका हिमालमध्ये सबैभन्दा बढी सगरमाथा आरोहणका लागि छ । विभागले हालसम्म सगरमाथा, अन्नपूर्ण, मकालु, मनास्लु, धौलागिरि, ल्होत्से, पुमरी, नुप्से र टुकुचे हिमाल आरोहण गर्ने आरोहण अनुमति दिएको छ ।
महामारीकै कारण अघिल्लो वर्षको वसन्त याममा पर्वतारोहण र पदयात्राले असर बेहोरेको सन्दर्भमा यस यामको हिमाल आरोहणले पर्यटन क्षेत्रमा उत्साह जगाएको पर्यटन व्यवसायीको बुझाइ छ । नेपाल पर्वतारोहण सङ्घ ९एनएमए० का महासचिव कुलबहादुर गुरुङले असहज परिस्थितिका बावजुद पनि सगरमाथासहितमा हिमाल आरोहणका लागि विदेशीको बाक्लो सङ्ख्यामा उपस्थितिले नेपालको पर्वतीय पर्यटन सुरक्षित रहेको सन्देश विश्वभर फैलाउन सहयोग पुगेको बताए ।
प्रतिक्रिया