लेटेस्ट न्युज
advertisement1

ब्राजिलमा कोरोनाका कारण एकैदिन चार हजार दुई सयको निधन

Maryada News 2021-04-09 17:02:22
ब्राजिलमा कोरोनाका कारण एकैदिन चार हजार दुई सयको निधन

एजेन्सीः ब्राजिलमा कोरोना संक्रमणका कारण एकैदिन चार हजार दुई सय ४९ जनाको निधन भएको छ। याेसहित ब्राजिलमा कोरोनाका कारण हालसम्म तीन लाख ४५ हजार २५ जनाले ज्यान गुमाएका छन्।

ब्राजिलकाे स्वास्थ्य मन्त्रालयले एकै सातामा दोस्रो पटक एकै दिनमा चार हजारभन्दा बढीको निधन भएको जनाएको छ। यसअघि गत मङ्गलबार पनि ब्राजिलमा कोरोनाका कारण एकैदिनमा चार हजार एक सय ९५ जनाको निधन भएको मन्त्रालयको तथ्याङ्क छ।

पछिल्लो २४ घण्टामा ८६ हजार ६सय ५२ जनामा सङ्क्रमण भएको मन्त्रालयले जनाएको छ। ब्राजिलमा हालसम्म कोरोना भाइरसबाट सङ्क्रमितको कुल सङ्ख्या एक करोड ३२ लाख ७९ हजार आठ सय ५७ पुगेको छ।

ब्राजिलमा मध्य जनवरीदेखि कोरोनाभाइरस विरुद्ध खोप अभियान शुरु भएपनि सङ्क्रमित र मृतकको सङ्ख्यामा भने कमी आएको छैन। दुई करोड ७५ लाख ११ हजार पाँच सय ३७ जनालाई कोरोनाविरुद्धको खोप लगाइएको मन्त्रालयले जनाएको छ।

हाल ब्राजिलको स्वास्थ्य प्रणालीले कोभिड–१९ को भयानक तनाव खेपिरेहको छ। अस्पतालहरूले बिरामीको चाप थेग्न नसकेपछि उपचारमा समस्या भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

100%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्