लेटेस्ट न्युज
advertisement1

सिंगटीकाे आईपीओ शुक्रबार बाँडफाँड हुनेः जारी गरिएकाे भन्दा ९.१६ प्रतिशत ज्यादा आवेदन

Maryada News 2021-04-08 19:02:45
सिंगटीकाे आईपीओ शुक्रबार बाँडफाँड हुनेः जारी गरिएकाे भन्दा ९.१६ प्रतिशत ज्यादा आवेदन

काठमाडौंः सिंगटी हाइड्रोपावरको आईपीओ शुक्रबार बाँडफाँड हुने भएको छ। कम्पनीले गत चैत ६ मा प्रतिकित्ता रु एक सयकाे दरमा २९ लाख कित्ता आइपीओ बिक्रीमा ल्याएकाेमा भाेलि शुक्रबार आईपीओ बाँडफाँड हुने भएकाे हाे। 

भाेलि जारी हुने शेयरमध्ये यसअघि नै ५ प्रतिशत अर्थात १ लाख ५४ हजार कित्ता शेयर सामूहिक लगानी कोषका लागि र २ प्रतिशत अर्थात् ५८ हजार कित्ता शेयर कर्मचारीहरुका लागि बाँडफाँड गरिएको थियो। बाँकी २६ लाख ९७ हजार कित्ता शेयर सर्वसाधारणमा बाँडफाँड गरिने भएकाे हाे।

आईपीओका लागि १५ लाख २३ हजार चार सय ५० जनाले दुई कराेड ४७ लाख २० हजार चार सय ५० कित्ताकाे लागि आवेदन दिएका छन्। याे भनेकाे कम्पनीले जारी गरेकाे शेयरकाे तुलनामा ९.१६ प्रतिशत ज्यादा हाे। 

मागभन्दा बढी आवेदन परेकाले शुक्रबार २ लाख ६९ हजार सात सयले मात्रै शेयर पाउनेछन्। प्रत्येक आवेदकले १० कित्ताका दरले शेयर पाउने छन्। आवेदकमध्ये बाँकि साढे १२ लाखभन्दा बढीकाे हात खाली हुने लगभग निश्चित भएकाे छ। 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्