एजेन्सीः न्युजिल्याण्डले भारतबाट आउने सबै यात्रीहरूलाई न्युजिल्याण्ड प्रवेशमा राेक लगाएकाे छ। बिहीबार एक निर्णय गर्दै न्युजिल्याण्डले आगामी दुई साताका लागि भारतबाट आउने आफ्नै मुलुकका नागरिकलाई पनि प्रवेशमा राेक लगाएकाे हाे।
बिहीबार न्युजिल्याण्डकाे सीमामा काेराेना संक्रमण जाँच गर्दा २३ जना नयाँ संक्रमित फेला परेका थिए। जसमध्ये १७ जना भारतबाट आएका यात्रु रहेका थिए। 'हामी भारतबाट आउने यात्रुलाई अस्थायी रुपमा निषेधाज्ञा जारी गर्दै छाैं', न्युजिल्याण्डकी प्रधानमन्त्री जकिन्डा अर्देर्नले भनिन्। भारतमा पछिल्लाे १४ दिनयता बस्दै आएका जाे काेहीलाई पनि निषेधाज्ञा लागु हुने बताइएकाे छ।
निषेधाज्ञा अप्रिल ११ बाट अप्रिल २८ सम्म लागु हुनेछ। यसबीचमा सरकारले संकट व्यवस्थापनतर्फ ध्यान केन्द्रीत गर्दै प्रवेशाज्ञा प्रदान गर्नेतर्फ कदम चाल्ने बताइएकाे छ।
प्रतिक्रिया