काठमाडौं : नेपाल पत्रकार महासंघको निर्वाचन आज सम्पन्न भएको छ । आज बिहान ९ बजेदेखि सुरु भएको मतदान अहिले ५ बजे सम्पन्न भएको हो । निर्वाचन उत्साहजनक तरिकाले सम्पन्न भएको कन्द्रीय निर्वाचन समितिका संयोजक कपिल काफ्लेले जानकारी दिए ।
देशभर ९७ केन्द्रमा चलेको निर्वाचनमा अधिकांश निर्वाचन सम्पन्न भएर केही स्थानमा भने मत गणना समेत सुरु भएको संयोजक काफ्लेले बताए । उनले केहीबेर अघि सामाजिक सञ्जालमार्फत् देशभर ९० प्रतिशतभन्दा बढी मतदान भएको प्रारम्भिक अनुमान रहेको उल्लेख गरेका छन् ।
प्रतिक्रिया