लेटेस्ट न्युज
advertisement1

उत्तर कोरियाको घोषणाः टोकियो ओलम्पिकमा खेलाडी नपठाइने

Maryada News 2021-04-06 16:42:47
उत्तर कोरियाको घोषणाः टोकियो ओलम्पिकमा खेलाडी नपठाइने

एजेन्सीः यस वर्ष जापानमा आयोजना हुने टोकियो ओलम्पिकमा उत्तर कोरियाले आफ्ना खेलाडीहरू नपठाउने घोषणा गरेको छ। उत्तर कोरियाली खेलकुद मन्त्रालयले कोरोना महामारीका कारण उत्तर कोरियाली खेलाडीहरू टोकियो ओलम्पिकमा सहभागी नहुने जनाएको हाे।

यसअघि दक्षिण कोरियाको प्योङचाङमा आयोजित गृष्मकालीन ओलम्पिकमा उत्तर काेरियाले भाग लिएको थियो। सन् २०१८ मा कुटनीतिक संवाद पुनः थालनी गर्न यस खेलमा भएको उत्तरको सहभागिताले ठूलो सहयोग गरेको थियो।

उत्तर कोरियाली नेता किम जोङ उनकी बहिनी किम यो जोङले गृष्मकालीन खेलमा उत्तरको प्रतिनिधित्व गरेकी थिइन्। त्यसबखत दक्षिण कोरियाली राष्ट्रपति मून जाए इनले किम जोङसँग निकै सकारात्मक वार्ता गरेका थिए जसका कारण नेता किम र तत्कालीन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच प्रत्यक्ष भेटवार्ताहरू पनि भएका थिए।

तर प्योङयाङको घोषणाले दक्षिण कोरियाको पुनः वार्ता प्रक्रिया शुरु गराउने एउटा योजनामा धक्का लागेको छ। विश्लेषकहरूले खेलभन्दा पनि अन्य कारणले उत्तर कोरिया सहभागी हुन नचाहेको अनुमान गरेका छन्। टोकियो ओलम्पिक आगामी जुलाईमा हुँदैछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्