काठमाडौं : रु रु जलविद्युतको आइपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । गत चैत २० गतेदेखि सर्वसाधारणका लागि निष्काशन गरेको आइपिओ आज बन्द हुन लागेको हो ।
कम्पनीको आईपीओमा १३ लाख ८ हजार ९८५ जना आवेदकबाट १ करोड ८७ लाख ६५ हजार ६०० कित्ता शेयर खरिदको लागि सोमबार साँझसम्म आवेदन परेको बिक्री प्रबन्धक एनएमबि क्यापिटलले जनाएको छ । जुन कम्पनीले सर्वसाधारणमा बिक्रीमा ल्याएको आइपीओको ४९.९ गुणा धेरै हो।
कम्पनीले प्रतिशेयर १०० अंकित मूल्यमा २० रुपैयाँ प्रिमियम थप गरी कुल १२० रुपैयाँमा ४ लाख ७ हजार ७०६ कित्ता शेयर निष्काशन गरेको हो। आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा कम्पनीलाई इक्रा नेपालले इक्रा एनपी आइआर त्रिपल बी रेटिङ्ग प्रदान गरेको छ। यसले समयमा नै वित्तीय दायित्व पुरा गर्ने सम्बन्धमा मध्यम रुपमा सुरक्षित रहेको संकेत गर्दछ।
प्रतिक्रिया