एजेन्सीः इन्डोनेसियामा आएको बाढी र पहिरोमा परी मृत्यु हुनेको संख्या ८७ पुगेको छ। साथै दर्जनौं व्यक्ति हराइरहेकाे इन्डाेनेसियाका अधिकारीहरूले बताएका छन्।
बाढीबाट इन्डोनेसिया र छिमेकमा पर्ने इस्ट टिमोर बढी प्रभावित भएका छन्। इन्डोनेसियामा ६६ र इस्ट टिमोरमा २१ जनाको ज्यान गएकाे इन्डोनेसियाको विपत् व्यवस्थापन निकायका प्रवक्ताले जनाएका छन्।इस्ट टिमोरको राजधानी दिलीको आवासिय क्षेत्रमा घेरै व्यक्तिको निधन भएको बताइएको छ।
बाढी पहिरोका कारण दर्जनौं घरसहित भौतिक संरचनामा क्षति पुगेको प्रारम्भिक विवरणहरूमा जनाइएको छ।
प्रतिक्रिया