एजेन्सीः जोर्डनका राजा अब्दुल्ला द्वितीयका साैतेनी भाई हम्जा बिन हुसेनलाई नजरबन्दमा राखिएको छ। उनले राज्यको "शासन प्रणाली"लाई भ्रष्टाचारी, अक्षम र उत्पीडकहरूले डाेहाेर्याएकाे आरोप लगाएका थिए।
शनिबार सार्वजनिक भएकाे एक भिडियाेमा उनले भनेका छन् कि- 'उनलाई बाहिर जान, मानिससँग कुराकानी गर्न वा उनीहरूसँग भेट्न अनुमति दिइएकाे छैन।' यस्तै यसअघि नै विभिन्न उच्च पदस्थ व्यक्तिलाई पक्राउ गरेसँगै राजपरिवारकै सदस्यलाई नजरबन्द गरिनु कू गर्ने तयारी रहेकाे अन्तराष्ट्रिय सञ्चारमाध्यमहरूले बताएका छन्। जाेर्डनकाे सेनाले शाही अदालतका पूर्वप्रधानन्यायाधीशलाई पनि शनिबार सुरक्षाकाे कारण देखाउँदै पक्राउ गरेकाे थियाे।
जाेर्डनकाे सेनाले भने राजकुमार हुसेनलाई नजरबन्दमा नराखिएकाे बताएकाे छ। यद्यपि उनलाई मुलुककाे सुरक्षा र स्थिरतामा खलल पुग्ने कुनै पनि कार्य नगर्न आदेश दिइएकाे सेनाले जनाएकाे छ।
उनले विभिन्न आदिवासी समूहका नेताहरूसँग भेटवार्ता गरेर आफ्नाे पक्षमा सहयाेग जुटाएपछि जाेर्डनकाे सेनाले यस्ताे कदम चालेकाे बताइएकाे छ। यद्यपि हुसेनले भने आफूले कुनै त्यस्ताे गलत कदम नचालेकाे र आफू कुनै पनि षड्यन्त्रकाे हिस्सा नभएकाे बताएका छन्।
यसैबीच ंइजिप्ट, साउदी अरेबियालगायतका मुलुकले भने राजा अब्दुल्लालाई समर्थन गरेका छन्। यस्तै अमेरिकाकाे स्टेट डिपार्टमेन्टले पनि राजा अब्दुल्लालाई आफ्नाे पूर्ण सहयाेग रहेकाे बताएकाे छ।
प्रतिक्रिया