लेटेस्ट न्युज
advertisement1

अपराह्नपछि मेघगर्जनसहित वर्षाको सम्भावना   

Maryada News 2021-04-03 12:30:55
अपराह्नपछि मेघगर्जनसहित वर्षाको सम्भावना   

काठमाडौ  : देशका पहाडी भूभागमा आंशिक बदली रही अपराह्नपछि केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुने भएको छ । जल तथा मौसम विज्ञान विभागले स्थानीय वायुको प्रभावले देशका अधिकांश स्थानमा आंशिकदेखि बदली रही पहाडी भू–भागका केही स्थानमा अपराह्नपछि मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको जनाएको छ ।     
     
बिहानपख घाम लागे पनि दिउँसोदेखि स्थानीय वायु सक्रिय भई पहाडी भू–भागमा वर्षाको सम्भावना देखिएको हो । हाल देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यातया सफा रहेको छ ।     
     
दिउँसो देशका प्रदेश नं १ र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही अपराह्नपछि केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको बताइएको छ ।     
     
मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम आठ दशमलव सात डिग्री र अधिकतम तापक्रम २७ दशमलव पाँच डिग्री सेल्सियस रहेको छ । त्यस्तै आज सबैभन्दा कम जुम्लाको न्यूनतम माइनस एक दशमलव नौ डिग्री र सबैभन्दा धेरै जनकपुरको अधिकतम तापक्रम ३५ दशमलव आठ डिग्री सेल्सियस रहेको छ ।     

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्