काठमाडौंः तराईका जिल्लाहरूमा आज सोमबार हाेली पर्व हर्षोलासका साथ मनाइँदै छ। नेपालका पहाडी जिल्लामा हिजाे आइतबारै फागु पूर्णिमाका दिन होली मनाइए पनि तराईका जिल्लाहरूमा भने त्यसकाे भाेलिपल्ट होली मनाउने गरिएकाे छ।
आज हाेलीकाे अवसरमा तराईका जिल्लामा सार्वजनिक बिदासमेत रहेकाे छ। तराईकाे हाेली पहाडी क्षेत्रमा मनाउनेभन्दा बेग्लै किसिमकाे हुने गरेकाे छ। आफन्त भेटघाट गर्ने, खसी काट्ने, समूहमा बसेर खाने, रंग अवीर दलेपछि मीठाे मसिनाे खुवाउने, जाेगिरा गाउनेजस्ता चलन तराईकाे हाेलीमा रहेकाे छ।
सर्लाही लालबन्दीका स्थानीय विशाल कर्णका अनुसार हाेली पर्व तराईवासीकाे दशैं सरह हाे। उनी भन्छन् 'हाम्राे लागि त आजकाे दिन दशैंभन्दा कम छैन आफ्ना आफन्त सबै भेटघाट गरि आजकाे दिन त सामूहिक भाेजन गर्छाैं। खसि काटेका छाैं अब छरछिमेक सबैलाई निम्ताे गर्छाैं।'
कोरोना संक्रमणको जोखिमका कारण यसवर्ष पनि अघिल्लाे वर्ष झैं भिडभाड नगरी होली पर्व मनाउन स्थानीय प्रशासन कार्यालयहरूले यसअघि नै सूचना निकालिसकेका छन्।
प्रतिक्रिया