लेटेस्ट न्युज
advertisement1

महिला अधिकार कागजमा मात्र सिमित भए, कार्यान्वयन गराैँ : रीता साह

Maryada News 2021-03-27 19:27:10
महिला अधिकार कागजमा मात्र सिमित भए, कार्यान्वयन गराैँ : रीता साह

काठमाडौं : महिला अधिकारकर्मी रीता साहले महिला अधिकार संविधान र कानुनमा लेखेर मात्र पूर्ण हुन नसक्ने भन्दै कार्यान्वयनमा जोड दिनुपर्ने बताएकी छन् ।  मर्यादा मिडियासँगको कुराकानीमा शाहले संविधानले महिलालाई उल्लेख्य रुपमा अधिकार दिएपनि महिलाको सहभागिता सबै क्षेत्रमा न्यून रहेको बताइन् ।  

महिलाहरुलाई आरक्षणले मात्र नपुग्ने भन्दै राज्यले नै विशेष व्यवस्था गर्नुपर्नेमा  शाहको जोड छ ।  मधेशी महिला र मुश्लिम महिला अत्यन्तै पछाडी परेको उल्लेख गर्दै उनीहरुको विकासका लागि राज्य नै जागरुक नभए अवस्था उकास्न कठिन हुने पनि बताएकी छन् । 

नेपालमा रहेका कुरीतिविरुद्ध ऐन, कानुन बनेपनि अधिकांश महिलाहरुलाई यसबारे जानकारी नै नहुने र पहुँचका हिसाबले पनि निकै पछाडि रहेको उनले बताइन् । 

हेर्नुहोस् भिडियो...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

50%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

50%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्