लेटेस्ट न्युज
advertisement1

खानेपानीकाे महसुल नतिर्ने पूर्व मन्त्रीदेखि सरकारी कार्यालयसम्मकाे धारा बन्द गरिने

Maryada News 2021-03-25 13:49:32
खानेपानीकाे महसुल नतिर्ने पूर्व मन्त्रीदेखि सरकारी कार्यालयसम्मकाे धारा बन्द गरिने

सिरहाः महसुल नतिर्ने ग्राहकको धारा बन्द गर्न शुरुवात गरिएकाे छ। नेपाल खानेपानी संस्थान लहानले धाराको पानी उपभोग गर्ने तर महसुल नतिर्ने परिपाटी अन्त्य गर्न सो कार्य शुरु गरेकाे बताएकाे छ। 

संस्थानले ग्राहकबाट रू ७५ लाख ६८ हजार ९६९ बक्यौता रकम उठाउन बाँकी रहेको जनाएको छ। एउटै ग्राहकबाट रू एक लाखसम्म बक्यौता उठाउन बाँकी रहेको पाइएकाे संस्थानले बताएकाे छ।

बक्यौता धेरै बाँकी रहेकाले आपूर्ति बन्द गरेर बक्यौता असुल गर्ने योजना बनाइएको संस्थान लहानका प्रमुख शिरिष राजभण्डारीले जानकारी दिए। संस्थानका अनुसार केशव कोइराला, वीरेन्द्रप्रसाद यादव र जिवछ महतोबाट रू एक लाखभन्दा बढी बक्यौता उठाउन बाँकी रहेकाे छ।

यस्तै पूर्व शिक्षा मन्त्री चित्रलेखा यादवबाट रू ४० हजार, दामोदर उपाध्यायबाट रू ७० हजार, नेवकीबती चौधरीबाट रू ७५ हजार, परशुराम चौधरीबाट रू ४३ हजार, एकलाश कुमारी यादवबाट रू ५४ हजार, मोहनदास तत्माबाट रू ५७ हजार बक्यौता रहेको उनले जानकारी दिए।

त्यस्तै सडक विभाग लहानबाट रू ४२ हजार, लहानस्थित यान्त्रिक कार्यालयबाट रू १३ हजार र लहान नगरपालिकाबाट रू १३ हजार बक्यौता उठाउन बाँकी रहेको छ। 

महसुल नतिर्ने ग्राहककाे धारा बन्द गर्न थालिसकिएकाे संस्थानले बताएकाे छ। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्