लेटेस्ट न्युज
advertisement1

३० लाख ६५ हजार लागतमा पुल निर्माण

Maryada News 2021-09-19 21:04:32
३० लाख ६५ हजार लागतमा पुल निर्माण

अर्घाखाँची : अर्घाखाँचीको शीतगंगा नगरपालिका- ११ को महुवाबारीमा कपिलवस्तु जोड्ने पुल बनेपछि स्थानीय खुसी बनेका छन् । बीच बाटोमा खोला पर्दा कपिलवस्तुको बुद्धभूमि नगरपालिका- ३ को मसुर गाउँ र अर्घाखाँचीको शीतगंगा- ३ को महुवाबारी, लुग्रीलगायतका गाउँका १५० परिवार बर्खाको समयमा यात्रा गर्न समस्यामा पर्ने गरेका थिए ।

पुल बनेसँगै स्थानीयलाई यात्रा गर्न सहज हुने शीतगंगा नगरपालिका- ११ का वडा अध्यक्ष कपिल आलेले बताए । पुल बनेसँगै विद्यालय जान, बिरामी हुँदा उपचार गर्न, किनमेल गर्न जान सहज भएको स्थानीयले बताएका छन् । 

पुल नहुँदा अर्घाखाँचीका १५० र कपिलवस्तुका ३०० भन्दा बढी घरले सास्ती खेप्दै आएका थिए । ३० लाख ६५ हजार रुपैयाँको लागतमा पुल निर्माण सम्पन्न भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्