एजेन्सी । म्यानमारमा गत माघ १९मा सैनिक कू भएपछि सञ्चारका विभिन्न माध्यम अवरुद्ध भएको थियो । राजधानी नेपित र प्रमुख सहर रंगुनमा टेलिफोन सेवा अवरुद्ध गरिएको थियो । यद्यपि मोबाइल डेटाबाट सामाजिक सञ्जालहरू चलिनै रहेका थिए ।
तर बिहीबार बिहानैबाट फेसबुक लगायत अन्य सामाजिक सञ्जाल पूर्ण प्रतिबन्ध गरिएको छ । म्यानमारमा फेसबुक सञ्चारको महत्वपूर्ण माध्यममा पर्छ । त्यहाँका करिब सवा पाँच करोड जनसंख्याले फेसबुक चलाउने तथ्यांक रहेको छ ।
अन्तराष्ट्रिय सञ्चारमाध्यम अल्जाजिराले बताएअनुसार फेसबुकमार्फत सैनिक कूको विरुद्धमा अत्याधिक आवाज उठ्न थालेपछि म्यानमारको सैनिक सरकारले सो साइट प्रतिबन्ध गरेको हो ।
म्यानमारको सञ्चार तथा यातायात मन्त्रालयकाअनुसार प्रतिबन्ध फेब्रुअरी ७ सम्म लागू हुनेछ ।
प्रतिक्रिया