एजेन्सी । फ्रान्सका वरिष्ठ मेडिकल सल्लाहकारहरूले मुलुक कोरोनाको नयाँ प्रकारले सिथिल हुँदै गएको भन्दै मुलुकभर तेस्रो चरणको लकडाउन गर्न प्रशासनलाई सुझाव दिएका छन् ।
गत साता कफ्र्यु लगाएपनि कोरोनाको नयाँ प्रकार धेरै मानिसहरूमा देखिएको थियो । कोरोनाको केस अझै बढ्ने भन्दै वैज्ञानिक परिषद्का प्रमुख प्रोफेसर जन फ्रान्कोस डेल्फ्रेसीले मुलुकको अवस्थालाई ‘आपतकाल’को संज्ञा दिएका छन् ।
उनले सरकारलाई तत्काल प्रभावकारी कदम चाल्न सुझाएका छन् । उनले बताएअनुसार बेलायतमा पहिलो पटक देखिएको नयाँ प्रकृतीको कोरोना भाइरस हाल फ्रान्सको समग्र संक्रमित संख्यामा ७ देखि ९ प्रतिशतसम्म रहेको छ । तत्काल मुलुकव्यापी लकडाउन नगरे यो रोक्न असभंव हुने उनको भनाई थियो ।
उनले यस अवस्थालाई ‘दोश्रो विश्वव्यापी महामारी’ जस्तै रहेको बताएका छन् । तत्काल के कस्ता कदम चाल्न सकिन्छ भन्दै फ्रान्सेली सरकार बुधबार छलफलमा बस्ने बताइएको छ ।
प्रतिक्रिया