काठमाडाैं । नेपाल–भारत सीमा नाका आज शुक्रबारबाट खुला गरिएसँगै दुबैतर्फबाट आवतजावत गर्न पाइने भएकाे छ। नेपाली नागरिक सहज रूपमा नेपाल प्रवेश पाउने छन् भने भारतीय नागरिक नेपाल प्रवेश गर्दा अनिवार्य गृह मन्त्रालयकाे स्वीकृति लिनुपर्ने छ।
भारतीय नागरिकले आफू के प्रयोजनका लागि नेपाल आउन खाेजेकाे हाे भन्ने सम्पूर्ण विवरण खुलाएपछि गृहको स्वीकृति पाएर मात्र नेपाल प्रवेश पाउनेछन्।
सरकारको निर्णयपछि देशका विभिन्न सीमा नाका पूर्ण रूपमा सञ्चालनमा आएका छन्।
कोरोनाभाइरसको जोखिम नियन्त्रणका लागि भन्दै सरकारले गत चैत ११ गतेदेखि नेपाल–भारत सीमानाका बन्द गर्ने निर्णय गरेको थियो।
प्रतिक्रिया