काठमाडौं । कोभिड–१९ संक्रमणका कारण विदेशमा यो साता थप नेपालीको मृत्यु भएको छ। गैरआवासीय नेपाली संघका अनुसार यो साता बेलायतमा तीन जना नेपालीको कोभिड–१९ संक्रमणका कारण मृत्यु भएको छ। यो सहित विदेशमा कोरोना संक्रमणका कारण निधन हुने नेपालीको सङ्ख्या तीन सय ३० जना पुगेको छ।
गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका संयोजक सञ्जीव सापकोटाका अनुसार शनिबार साँझसम्म ५० देशमा रहेका ५८ हजार ६ सय ९५ नेपालीमा कोरोना संक्रमण देखिएको छ। तीमध्ये ५५ हजार सात सय ९३ जना कोरोनामुक्त भएका छन् । यो कूल संक्रमितको ९४ प्रतिशत हो।
गैरआवासीय नेपाली संघको स्वास्थ्य समितिका अनुसार यो साता बेलायत, मलेसिया, साउदी अरब, पोर्चुगल र नाइजेरियामा रहेका थप नेपालीमा कोरोना भाइरस संक्रमण देखिएको छ।
प्रतिक्रिया