बागलुङः एकै दिन सवारी दुर्घटना र चट्याङमा परी दुई बालकको निधन भएको छ। जिल्लाको बडिगाड गाउँपालिका–८ मा मङ्गलबार बेलुका चट्याङ लागेर अमरबहादुर सुनारका नौ वर्षीय छोरा सिने सुनारको घटनास्थलमै निधन भएको प्रहरीले जनाएको छ।
यस्तै मङ्गलबार नै जिल्लाकै गलकोट नगरपालिका–६ मा पिकअप दुर्घटना हुँदा भ्यानमा सवार एक बालकको निधन भएको छ। काठमाडौंबाट बागलुङ आएर यात्रु झारी फर्काउने क्रममा सडकबाट २० मिटर तल खस्दा पिकअपमै बसेका बालकको निधन भएको हो।
निधन हुनेमा गलकोट नगरपालिका–६ का नितु बस्नेतका सात वर्षीय छोरा निकेश बस्नेत रहेको प्रहरी नायब उपरीक्षक इकवाल हवारीले बताए।
यस्तै साेही दुर्घटनामा दुई युवा घाइते भएका छन्।
मङ्गलबार नै बडिगाड–४ मा बा२०प २८८० नंको पिकअप सडकदेखि ६० मिटर तल खस्दा चालक यामबहादुर बुढाथोकी र सहचालक सुजन गोतामे घाइते भएका छन्। दुबैलाई स्थानीय स्वास्थ्य संस्थामा प्राथमिक उपचारपछि पोखरा पठाइएको छ।
प्रतिक्रिया