काठमाडाैंः जनता समाजवादी पार्टी (जसपा)का नेताहरू प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन्। सरकारसँग वार्ता गर्न जसपा अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो, शर्वेन्द्रनाथ शुक्ला र लक्ष्मणलाल कर्ण लगायतका नेताहरू बालुवाटार पुगेका हुन्।
सर्वाेच्च अदालतले प्रतिनिधि सभाकाे पुनर्स्थापना र नेकपा एमाले र माओवादी केन्द्र बीचकाे एकता भंग गरेसँगै केपी शर्मा ओली नेतृत्वकाे सरकार सत्ता समिकरण मिलाउन जसपाको समर्थन लिने प्रयास गर्दै आएका छ।
जसपा भने सरकारमा जानुअघि आफ्ना माग पूरा गरिनुपर्ने बताउँदै आएकाे छ। रेशम चौधरीको रिहाइ, मधेस तथा थरूहट आन्दोलनका क्रममा लगाइएका मुद्दा फिर्ता लगायतका माग जसपाकाे छ।
जसपाका नेताहरूले कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग पनि सत्ता समिकरणबारे छलफल गरिसकेका छन्। यद्यपि जसपाले हालसम्म पनि सरकारमा जाने नजाने टुंगाे लगाएकाे छैन।
प्रतिक्रिया