भक्तपुरः मःम पसलमा ग्याँस सिलिण्डर पड्किँदा ६ जना घाइते भएका छन्। भक्तपुरकाे सूर्यविनायक नगरपालिका- ५ सिर्जनानगरस्थित भीमेश्वर मःम एण्ड चिकेन हाउसमा सिलिण्डर पड्केर आगलागी हुँदा सञ्चालक दाेलखा सैलुङ्गका टीकाराम बस्नेतसहित अन्य पाँच घाइते भएका छन्।
आइतबार साँझ ग्याँस सिलिण्डर पड्केर आगलागी भएकाे थियाे। आगलागीमा परि ३३ वर्षीय राजेन्द्र कार्की, ३९ वर्षीया गीता कार्की, १९ वर्षीय आदित्य सुवेदी, १७ वर्षीय विकास पाैडेल र १६ वर्षीय हिमान्सु थापा रहेका छन्।
उनीहरूकाे भक्तपुरस्थित डा ईवामुरा अस्पतालमा सामान्य उपचार पश्चात कीर्तिपुर बर्न सेन्टर अस्पतालमा रिफर गरिसकिएकाे छ। घाइते ६ जनाकै शरिरकाे विभिन्न भाग जलेकाे बताइएकाे छ।
प्रतिक्रिया